

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका–२ नलाङ गरमछापका मिलन विश्वकर्मा भ्वाईस अफ नेपाल सिजन ५ को नकआउटमा प्रवेश गरेका छन्।
नेपालकै चर्चित रियालिटि सो द भ्वाईस अफ नेपालको शनिबार भएको व्याटल राउण्डमा उत्कृष्ट प्रस्तुति दिएर कोचको मन जित्न सफल भएपछि उनले नक आउटको यात्रा तय गरेका हुन् ।
कोच राजेश पायल राईको टिममा रहेका मिलनको ब्याटल सोहि टिमका अर्को प्रतिस्पर्धी जुम्लाका अर्जुन सुनारसँग परेको थियो।
उनिहरुले उदित नारायण झाको स्वर, दयाराम दाहालको शब्द तथा सचिन सिंहको संगितमा रहेको ‘मायाले बाध्यो लौ रेशम’ बोलको गित गाएका थिए ।
दुवैले निकै राम्रो प्रस्तुति दिएका भएपनि कार्यक्रमको नियम अनुसार नक आउटमा एक जनालाई मात्र लिएर जानु पर्ने भएकोले राजेशले धादिङका मिलनलाई छानेका हुन् ।
अन्य कोचहरु मिलन नेवारले अर्जुनको प्रस्तुति मन पराएकी थिईन भने कोच प्रमोद खरेल र कोच उदय सोताङले मिलनको प्रस्तुतिलाई मन पराएका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |