

जिल्ला प्रशाासन कार्यालय धादिङले प्लाष्टिकजन्य फूलगुच्छा तथा मालाको प्रयोग नगर्न अनुरोध गरेको छ।
प्रशासनले मंगलबार एक सूचना जारी गर्दै नेपालीहरूको मुख्य पर्वहरु शुभ दिपावली, नेपाल सम्वत् तथा छठ पर्व लगायत मेला महोत्सव तथा अन्य सभा समारोहहरूमा प्लास्टिकका फूलगुच्छा तथा मालाहरुको प्रयोग नगर्न अनुरोध गरेको हो।
प्लाष्टिकजन्य सामग्रीहरूको प्रयोगले वातावरण प्रदुषण हुने, स्थानीय कृषकहरुबाट उत्पादित फूलले बजार नपाउने तथा ठूलो धनराशी बाहिरिने जस्ता समस्याहरु देखिने भएकाले प्लाष्टिकजन्य फूलगुच्छा, माला लगायतका सामग्रीहरुको प्रयोग तथा विक्रिवितरण नगर्न आग्रह गरेको हो ।
प्लाष्टिकजन्य सामाग्रीको साटोमा स्थानीयस्तरमा उत्पादित फूल तथा कृषि उपजहरुको प्रयोग गर्न सार्वजनिक निकाय, राजनैतिक दल, उद्योग व्यवसायी, नागरिक समाज लगायत सम्पूर्ण जिल्लावासीहरुमा अनुरोध छ, जारी सूचनामा भनिएको छ ।
साथै प्रशासनले जारी गरेको सूचनाको अवज्ञा गरी प्लाष्टिकजन्य फूलगुच्छा, माला आदिको उत्पादन, विक्रि वितरण वा भण्डारण गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने समेत जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |