

धादिङ- शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ औं वार्षिकोत्सवको अवसरमा धादिङबेशी ६६ जनाले रक्तदान गरेका छन्।
कम्पनीको आयोजना तथा लायन्स क्लब अफ काठमाडौ ब्लड सर्कलको समन्वयमा मंगलबार भएको रक्तदान कार्यक्रममा १८जना महिला र ४८ जना पुरुष गरी ६६ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो।
जिल्लामा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको छ।रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, विद्यालयको बार्षिक उत्सव,सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको धादिङ रेडक्रसका कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |