

२० रुपैयाँ नतिरेको निहुँमा अर्घाखाँचीमा एक वृद्ध महिलाको हत्या भएको छ ।
जिल्लाको मालारानी गाउँपालिका–९, गोखुंगा, पात्लेगाउँमा २० रुपैयाँ नतिरेको निहुँमा एक युवकले ७२ वर्षीया वृद्धाको हत्या गरेको अनुसन्धनाबाट खुलेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब निरीक्षक प्रतित सिंह राठोरका अनुसार मालारानी स्थायी ठेगाना भई भूमिकास्थान–१, रजिमेमा बस्दै आएका २० वर्षीय गोपाल नेपालीले गोखुंगा निवासी ७२ वर्षीया हरिकला भुसालको हत्या गरेका हुन् ।
यही कात्तिक १४ गते २० रुपैयाँ नतिरेको निहुँमा नेपाली झगडा गर्न भुसालको घरमा पुगेका थिए ।
झगडाले उग्ररूप लिँदै गएपछि घरमा एक्लै रहेकी वृद्धा भुसालमाथि मुक्का र खुकुरीको पछाडिको भागले प्रहार गरी हत्या गरेको उनले प्रहरीसमक्ष स्वीकार गरेका छन् ।
हत्यापछि वृृद्धासँग भएको नगद र सुनका गरगहना समेत चोरेर नेपाली फरार भएका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |