

फिफा विश्वकप छनोटमा आज नेपालले यूएईसँग खेल्दछ।
विश्वकप सन् २०२६ र एएफसी एसिया कप सन् २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज दुबईको अल माक्तोउम स्टेडियममा यूएईसँग खेल्दैछ ।
समूह एचमा रहेका नेपाल र यूएईबीचको खेल आज राति नेपाली समय अनुसार साढे ९ बजे शुरु हुनेछ।
सन् १९८४ मा एसिया कप छनोटमा नेपालले पहिलोपटक यूएईसँग खेलेको थियो । त्यसबेला नेपाल ११–० गोलको फराकिलो अन्तरले पराजित भएको थियो।
समूहमा नेपालसँगै यूएई, बहराइन र यमन छन्। फिफा वरीयतामा यूएई ६९औँ स्थानमा छ।
बहराइन ८३ औँ र यमन १५६ औँ स्थानमा रहदा नेपाल १७३ औँ स्थानमा छ।
नेपालले मंसिर ५ मा यमनसँग दोस्रो खेल खेल्नेछ । यो खेल दशरथ रंगशालामा हुनेछ।
दोस्रो चरणका खेलहरू होम एन्ड अवेका आधारमा हुनेछन् । दोस्रो चरणको छनोटको अन्तिम खेल जुन ६ तारिखमा हुनेछ।
चार टोलीमध्ये शीर्ष दुई टोली एसिया कपमा छनोट हुनेछन् भने विश्वकपको तेस्रो चरणका लागि छानिनेछन्।
पहिलो चरणमा नेपालले लाओसलाई समग्रमा २–१ गोल अन्तरले हराएर दोस्रो चरणमा स्थान बनाएको थियो।file photo





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |