

धादिङ। धादिङको थाक्रे गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ।
गाउँपालिकाले आज आइतबार पुजा लगाएर औपचारिक रुपमा आफ्नै नवनिर्मित सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको हो ।
स्थानीय तह भएदेखि भाडाको घरबाट सेवा प्रवाह गर्दै आइरहेको गाउँपालिकाले महादेवबेसी वजारबाट ३ सय मिटर दक्षिणतर्फ सुविधा सम्पन्न भवन निर्माण गरेको हो ।
यसअघि आफ्नै भवन नहुँदा २/३ वटा घरभाडामा लिएर पालिकाको विभिन्न सेवाहरू अलगअलग ठाउँबाट प्रवाह हुँदै आएकोमा अव सुविधा सम्पन्न एउटै भवनमा प्रवेश गरेपछि गाउँपालिकाबाट पाउने सेवा सुविधा छिटो र सहज तरिकाले प्राप्त गर्न सकिने गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले बताउनुभयो।
उहाँले पालिकामा अब सेवा लिन आउने सेवाग्राहीहरूलाई टोकन सिस्टमबाट सेवा दिदा अझै सहज हुने भएको भन्दै अबदेखि टोकन सिस्टम लागु गरिने बताउनुभयो।
५ करोड ६३ लाखको लागतमा ६ रोपनी क्षेत्रफलमा तिनतले सुविधा सम्पन्न भवनको निर्माण २०७७ जेष्ठबाट सुरु भएको र २०८० असारमा सम्पन्न भएको पालिकाका प्राविधिक पवन सुबेदीले बताउनु भयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |