

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सलाङको अमर आदर्श माविमा हुने भएको छ ।
शनिबार गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाको अध्यक्षतामा बसेको बैठकले गाउँपालिका भित्रको माध्यमिक विद्यालयहरुको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सिद्धलेक गा.पा-३ डुमीडाँडाको अमरआदर्श माध्यमिक विद्यालयमा मंसिर २७ गतेदेखी ३० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको नलाङ पात्ले माविका शिक्षक एवम जिल्ला भलिबल संघ धादिङका अध्यक्ष अमृत गुरुङ(तिलक)ले जानकारी दिनुभयो।
१३ सरकारी र १ निजी गरी १४ वटा माध्यमिक विद्यालय रहेको सिद्धलेकमा यसअघिको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता वडा नं ४ सलाङघाटको जलेश्वरी माध्यमिक विद्यालयमा भएको थियो ।
यस प्रतियोगिताबाट जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि खेलाडी छनोट हुने छन्।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |