

धादिङमा भएको हत्याका दुई छुट्टाछुट्टै घटनामा संलग्न चारजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङले फरक फरक दुइ घटनामा संलग्न रहेका चार जना प्रतिवादीलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।
मंसिर १५ गते त्रिपुरासुन्दरी गाउँपालिका–६ गोलाङकी ६२ वर्षिया वृद्धा मनकुमारी सर्किनीलाई हत्या गरेको अभियोगमा सोही ठाउँका ४० वर्षिय शिवबहादुर बस्याल पक्राउ परेका छन् ।
बस्याल चोरीको मुद्धामा २० महिना कैद सजाय भोगी कारागार कार्यालय धादिङबाट छुटेकै दिन वृद्धाको हत्या गरेको अभियोगमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक गौतम मिश्रले बताउनुभयो ।
आर्थिक प्रलोभन देखाइ बस्यालमार्फत वृद्धाको हत्या गरेको अभियोगमा अन्य दुइ जनालाई पनि पक्राउ गरिएको मिश्रले बताउनुभयो । पक्राउ पर्नेमा सोहि स्थानका ५४ वर्षिय टोपबहादुर सार्की र ४० वर्षिय सुनिल नेपाली रहेका छन् ।
मंसिर १४ गते राती अनुहारमा कोतरिएको, घाँटीमा निलडाम देखिएको, घटनास्थलमा चुराका टुक्रा र पोतेका दानाहरु छरपष्ट भएको अवस्थामा आफ्नै घरमा मनकुमारीको शव भेटिएको एसपी मिश्रले बताउनुभयो ।सुक्ष्म अनुसन्धानबाट मनकुमारीको घाँटी थिचि हत्या गरिएको खुलेको मिश्रको भनाई छ ।
यस्तै धारिलो हतियार प्रयोग गरि आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा धुनीवेशी नगरपालिका–४ जीवनपुरका २७ वर्षिय रामचन्द्र वयलकोटीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
धुनीवेशी नगरपालिका–१ डुम्रेचौरस्थित आफ्नै २० वर्षिया श्रीमती पवित्रा वयलकोटीलाई धारिलो हतियार प्रयोग गरी मंसिर १७ गते उनले हत्या गरेका थिए ।हत्या गरी फरार रहेका बयलकोटीलाई १७ गते राती नै प्रहरीले पक्राउ गरेको एसपी मिश्रले बताउनुभयो ।
मृतक पवित्राको घाँटी लगायत शरिरका विभिन्न भागमा चोटपटक र रगताम्मे अवस्थामा शव भेटिएको र घटनाको प्रकृति हेर्दा निर्ममतापूर्वक हत्या गरिएको देखिएको एसपी मिश्रले बताउनुभयो ।
प्रतिवादी रामचन्द्र वयलकोटी र मृतक पवित्राविच करिव ६ वर्षअघि विवाह भएको थियो । विवाह पश्चात लामो समय वैदेशिक रोजगारीमा रहेका वयलकोटी दम्पत्तिविच त्यतिवेलैदेखि मनमुटाव रहेको प्रारम्भिक अध्ययनबाट खुलेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |