

यस वर्षबाट एसईईमा नयाँ ग्रेडिङ प्रणाली लागू हुदैँछ।अब कक्षा ११ पढ्न माध्यमिक शिक्षा परीक्षा एसईईमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
अब एनजी अर्थात् कुनै विषयमा ३५ प्रतिशत अङ्क नल्याएमा नन ग्रेड हुने प्रणाली लागू हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बताउनुभयो।
यस वर्षकै एसईईबाट नयाँ ग्रेडिङ प्रणाली लागू गर्ने भएकाले अब कक्षा ११ पढ्नका लागि विद्यार्थीले एसईईमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने हुन्छ।यसअघि बोर्डले एसईईको नतिजा नन ग्रेडेड नगरि प्रकाशित गर्ने गरेको थियो।
बोर्डले १२ कक्षाको परीक्षा पास हुन भने ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने व्यवस्था गरेको थियो।
अब नयाँ ग्रेडिङ प्रणाली कार्यान्वयनमा आएसँगै एसईईमा पनि कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने भएको छ। कुनै पनि विषयमा ३५ प्रतिशत अङ्क नआएका दोहोर्याएर परीक्षा दिनुपर्ने बोर्डका अध्यक्ष शर्माले बताउनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |