

विश्वभर कोरोना संक्रमितको संख्या बढेको छ ।पछिल्लो चार हप्तामा कोभिड(१९ का नयाँ संक्रमितको संख्या ५२ प्रतिशतले बढेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
पछिल्लो २८ दिनमा कोभिड संक्रमितको मृत्यु संख्या आठ प्रतिशतले कमी आई विश्वभर कूल तीन हजारभन्दा बढी थप मृत्यु भएको डब्लुएचओले जारी गरेको पछिल्लो प्रेस विज्ञप्तिमा भनिएको छ।
डिसेम्बर १७ सम्ममा कोभिड(१९ सुरु भएयता विश्वभर ७७ करोड २० लाखभन्दा बढी संक्रमित पुष्टि भएका छन् भने करिब ७० लाख कोभिड संक्रमित व्यक्तिको मृत्यु भइसकेको छ ।
कोभिड(१९ का एक लाख १८ हजार भन्दा बढी नयाँ अस्पताल भर्ना भएका र एक हजार ६०० भन्दा बढी नयाँ सघन उपचार कक्ष ९आइसियु० मा भर्ना भएका डब्लुएचओले जनाएको छ ।
यता छिमेकी मुलुकमा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ ।नेपालमा कोभिडको संक्रमण बढेपछि सतर्कता अपनाउन भनिएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |