

धादिङ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले धादिङमा गुरुङ संग्राहालय निर्माणको लागि जग्गा उपलब्ध गराइदिन स्थानीय सरकारसँग आग्रह गर्नुभएको छ।
आईतबार ‘तमु ल्होसार’ को अवसरमा तमू ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद् धादिङद्धारा सदरमुकाम धादिङबेसीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले सो कुरा बताउनुभएको हो ।
उहाँले गुरुङ जातिको पहिचान झल्कने खालको संग्राहलय निर्माण गरी पर्यटकलाई आकर्षित गर्न सके जिल्लाकै आर्थिक स्थिति सुधारमा सहयोग पुग्ने भन्दै संग्राहलय निर्माणको लागि जग्गा उपलब्ध गराइदिन स्थानीय सरकारसँग आग्रह गर्नुभयो ।
तमु ल्होछार गुरुङहरुको महान चाड तथा नयाँ बर्ष भएको बताउदै मन्त्री लामाले भन्नुभयो,‘गुरुङहरुको भाषा, संस्कार, संस्कृति, भेषभुषा र परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न पर्वले मद्दत पु¥याउछ।’
उहाँले पुख्यौंदेखि गुरुङ समुदायले प्रयोग गर्ने भाँडाकुडा, हस्तकलाका सामग्री, कपडा, दैनिक प्रयोग गर्ने सामग्री, विभिन्न नाँचमा प्रयोग गर्ने सामग्रीको संरक्षण र प्रवद्र्धनका लागि धादिङमा गुरुङ संग्राहलय निर्माण गर्न सहयोग गर्ने पनि प्रतिवद्धता जनाउनुभयो।
गुरुङ राष्ट्रिय परिषद् धादिङका अध्यक्ष शंकर बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री लामाको प्रमुख आतिथ्यता तथा प्रदेश सांसद गोविन्द लम्साल, नीलकण्ठ नगरपालिका प्रमुख भिम प्रसाद ढुङ्गाना,बिभिन्न राजनितिक दलका प्रमुख एवम प्रतिनिधि लगाएतको आतिथ्य रहेको थियो ।
तमु गुरुङहरुको प्रमुख चाड मुप्रि–ल्हो अर्थात ल्होसार धादिङमा धूमधामका साथ मनाएका छन् ।
गुरुङको परम्परागत वर्ग चक्र प्रणाली अनुसार हि ल्हो (बिरालो वर्ग) को विदाई र मुप्री ल्हो (गरुड वर्ग) को स्वागत गर्दै गुरुङ जातिले तमु ल्होछार मनाएका हुन् ।
धादिङबेसींको पुछार बजार देखि कार्यक्रम स्थल सम्म विविध गुरुङ संस्कृति झल्कीने झाँकी र पञ्चेबाजा सहितको ¥याली, घाटु, कौह्रा तथा सालैजो गीत तथा नृत्यको साथै राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती र गुम्दीका कलाकारको प्रस्तुती गरिएको थियो।
गुरुङ समुदायले हरेक वर्ष पुस १५ गते नयाँ वर्षका रूपमा मुप्री ल्हो मनाउने गर्दछन्।
हेर्नुहोस् भिडियो…..





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |