

धादिङ । सिद्धलेक गाउँपालिका वडा नं १ बैरेनीमा रहेको एक कम्प्युटर गोदाममा आगलागी भएको छ ।
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङबेसीमा दर्ताभई सञ्चालनमा रहेको प्रतीक कम्युटर एण्ड ट्रेनिङ सेन्टरको नलाङ बैरेनी गोदाममा गएराती आगलागी भएको हो।
आगलागीबाट ९० लाखभन्दा बढिको क्षति भएको प्रतीक कम्युटर सेन्टरका सञ्चालक तिलक सिंखडाले बताउनुभयो ।कम्प्युटर गोदाममा नयाँ र विभिन्न व्यक्ति तथा संघ/संस्थाका मर्मत गर्न ल्याइएका कम्प्युटर, ल्यापटप, विद्युत इन्भर्टर, एसि लगायतका समानहरु रहेको पनि सिंखडाले बताउनुभयो ।
मध्यराती भएको आगलागि नियन्त्रण गर्न नीलकण्ठ नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयबासीलाई करिव ३ घण्टा लागेको स्थानीय भगवान भट्टले बताउनुभयो ।
एकान्तमा रहेको गोदाममा विद्युत शर्ट भएर आगलागि भएको आशंका गरिएको छ । नजिकमा मानिसको बसोबास नरहेको र अन्य कतै आगो बालेको नभेटिएकाले विद्युत शर्ट भई आगलागि भएको हुनसक्ने बैरेनी प्रहरी चौकिका असई राजिव बैठाले बताउनु भयो ।
प्राम्भिक अनुमानमा ९० लाख बढिको क्षति भएको देखिएको भन्दै असई बैठाले घटनाको थप विवरणका लागि अनुसन्धान भैरहेको र विज्ञ टोलीको अध्ययनपछी मात्रै क्षतिको विवरण एकिन हुने जानकारी दिनुभयो ।
विगत २० वर्षदेखि सञ्चालनमा रहेको सेन्टरले नीलकण्ठ ३ मा रहेको भाडाको गोदाम सारेर ६ महिनादेखि सिद्धलेक १ बैरेनीमा सामग्रीहरु गोदाम गर्दै आएको थियो ।
सेन्टरका सञ्चालक सिंखडा धादिङ उद्योग बाणिज्य संघका महासचिव एवम साना किसान कृषि सहकारी नलाङका अध्यक्ष समेत हुनुहुन्छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |