

धादिङ कारागारमा थुनामा रहेका एक वृद्धाको मृत्यु भएको छ ।
पुष ८ गतेदेखि थुनामा रहेका गल्छी गाउँपालिका वडा नं ७ का ७२ वर्षिय कृष्ण बहादुर सुनारको मंगलबार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो।
मिश्रका अनुसार अचानक झाडावान्ता भई विरामी परेका सुनारको धादिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
विहान करिव ११ बजेबाट अकस्मात विरामी परेका सुनारलाई अस्पताल पु¥याएको केहिबेरमा नै चिकित्सकले मृत घोषणा गरेको मिश्रले बताउनुभयो ।
मृत्यु भए लगत्तै सुनारको आफन्तलाई खबर गरि धादिङ अस्पतालको शव गृहमा शव राखिएको उहाँले बताउनुभयो।
सुनार जवरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |