

धादिङ । सामुदायिक सेवा केन्द्र धादिङको समिति पुर्नगठन गरिएको छ।
शुक्रबार धादिङबेशीमा भएको एक कार्यक्रमले नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का पूर्व वडा अध्यक्ष होमनाथ रिजालको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिको पुर्नगठन गरिएको निवर्तमान अध्यक्ष गोविन्द श्रेष्ठले जानकारी दिनुभयो।
।नयाँ कार्यसमितिमा ५ जना पूर्व वडाध्यक्ष रहेका छन् ।
कार्यसमितिको उपाध्यक्षमा नीलकण्ठ नगरपालिका वडा नम्बर ६ का पूर्व वडा अध्यक्ष उद्धव प्रसाद रिजाल, सदस्य सचिवमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक नन्द किशोर प्रसाद चौहान, कोषाध्यक्षमा मनमायाँ गोतामे, सहसचिवमा बद्री प्रसाद सुवेदी रहेका छन् ।
त्यस्तै सदस्यहरुमा नीलकण्ठ नगरपालिका वडा नम्बर ४ का पूर्ववडा अध्यक्ष शिवराज गिरी, वडा नम्बर १२ का पूर्व वडा अध्यक्ष बाबुराम लम्साल, वडा नम्बर ८ का पूर्व वडा अध्यक्ष गुणबहादुर थपलिया, शिवराज सापकोटा, देबनारायण श्रेष्ठ, किरण कुमार श्रेष्ठ, आशामायाँ तामाङ, भोजबहादुर परियार र शंकरप्रसाद थपलिया (केशव) रहेका श्रेष्ठले बताउनुभयो।
जिल्ला प्रहरी कार्यालय संरक्षक रहेको सामुदायिक सेवा केन्द्रको कार्यालय धादिङबेशीस्थित जिल्ला अदालत नजिकै रहेको छ।
नेपाल प्रहरीलाई शान्ति सुरक्षा तथा अमनचेनमा नागरिक तवरबाट सहयोग पुर्याउन सामुदायिक सेवा केन्द्रको स्थापना गरिएको हो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |