

धादिङ ।ज्वालामूखी गाउँपालिका३ की सरिता आलेमगरलाई संरक्षित जनावर सालकको खपटा ओसारपसार गरेको आरोपमा ८ लाख जरिवाना तिराईएको छ ।
कात्तिक २३ गते जिल्ला अदालतमा दर्ता भएको सालकको खपटा (अखेटोपहार) ओसारपसार सम्बन्धी मुद्दामा सोही समयदेखि थुनामा रहेकी सरितालाई जिल्ला न्यायधिस गोपाल प्रसाद बास्तोलाको इजलासले ८ लाख रुपैयाँ जरिवानाको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले बागमती कलमलाई जानकारी दिनुभयो ।
कसुरदारलाई ३२ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्न समेत फैसलामा उल्लेख गरिएको भण्डारीले बताउनुभयो मुद्दा फैसला भए लगत्तै कसुरदारले सो बापतको रकम अदालतमा दाखिला गरेपछि रिहा हुनुभएको छ ।
प्रहरीले कसुरदारको घरबाट सालकको खपटा बरामद गरेको थियो ।
राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ को २६९१० अनुसार सालक पक्रने, सिकार गर्ने, खपटाको व्यापार गर्ने, ओसारपसार गर्नेलाई ५ लाख देखि १० लाख सम्म जरिवाना वा ५ वर्षदेखि १५ वर्ष सम्म कैद वा दुबै सजाय हुने व्यवस्था छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |