

काठमाडौ । नेपालमा पहिलो पटक रङ्गमञ्चमा नृत्य सिकाउने नृत्य निर्देशकहरुको अवार्ड ‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड–२०८०’ को आयोजना भएको छ ।
नेपालकै पहिलो नृत्य निर्देशक एंव नृत्य सम्राट भैरवबहादुर थापाको प्रमुख आतिथ्यता तथा एनडिएका अध्यक्ष देवराज गुरुङको अध्यक्षतामा काठमाडौं राष्ट्रिय नाचघर जमलमा अवार्ड कार्यक्रम आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा २४ लोक नृत्य विधामा अवार्ड प्रदान गरिएको थियो । त्यस मध्य थकालि जातीको थकाली लोक नृत्य निर्देशक अवार्ड सोनु लामा उत्कृष्ट भइन ।
लामा बिगत लामो समय देखि यसै नृत्य क्षेत्रमा आफ्नो योगदान पुराई नेपाली लोक कला संस्कृति लाई देश तथा बिदेश मा पनि प्रस्तुत गर्दै आएकी छिन ।
कार्यक्रममा सम्बोधन गर्दै नेपालकै पहिलो नृत्य निर्देशक एंव नृत्य सम्राट भैरवबहादुर थापाले आफ्नो जीवनकालमा नृत्य निर्देशकहरुको हौसला बढाउनका निम्ती आयोजना गरेको अवार्ड कार्यक्रम शुरुवात भएकोमा खुशी व्यक्त गरेका थिए ।
नृत्य सम्राट थापाले अवार्ड प्राप्त गर्नेहरुलाई शुभकामना एंव बधाई ज्ञापन गर्दै राज्यले गर्नुपर्ने काम एनडिएले गरेकोमा हार्दिकताका साथ धन्यवाद दिदै नृत्य निर्देशकहरुलाई राज्यले उचित स्थान दिनुपर्ने बताएका थिए ।
संस्थाका प्रवन्ध निर्देशक केशव कोइरालाले नृत्य निर्देशकहरुलाई समेटिएर आयोजना गरिएको यो अवार्ड विश्वमा नै पहिलो हुन सक्ने दाबी गरे।
कार्यक्रममा चलचित्र बरिस्ठ नृत्य निर्देशक कमल राइ, नृत्य निर्देशक संघ नेपालका केन्द्रिय अध्यक्ष भुवनदास श्रेष्ठ, एभरेष्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष तथा वरिष्ठ नृत्य निर्देशक डा. आरसी कोइराला ‘रामचन्द्र’ वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसी, नृत्य निर्देशक संघ नेपालका उपाध्यक्ष शम्भु शाही,नृत्य निर्देशक सघ नेपाल ललितपुरका अध्यक्ष प्रदिप रमण सिङ दङ्गोल लगायतको उपस्थिती रहेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |