

धादिङका तेक्वान्दो प्रशिक्षक अमृत तामाङले विश्व तेक्वान्दो मुख्यालय (कुकिवन) बाट तेक्वान्दोको पाँचौ डान लिएका छन् ।
तामाङ कुकिवनबाट ५ डान लिने धादिङको पहिलो खेलाडी बनेका छन् ।
नेपाली संघले दिने नेपाली प्रमाणपत्र नेपालमा मात्र मान्यता हुन्छ भने कुकिवनले दिने प्रमाणपत्रले विश्वको कुनै पनि देशमा मान्यता पाउने छ ।
अमृत तामाङ वि.स. २०५४ सालदेखि निरन्तर तेक्वान्दो खेलमा जोडिदै धादिङ जिल्लामा तेक्वान्दो विकासको लागि महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेकाद छन् ।
उनले नेपाली सेनामा ३२ जनाको साथै अन्य विद्यालय र डोजाङहरुमा गरी ५०० जना भन्दा धेरै ब्ल्याकबेल्ट उत्पादन गरिसकेका छन् ।
हाल पनि धादिङ बोर्डिङ स्कुल र बीच बजार रहेको धादिङ तेक्वान्दो डोजाङमा तालिम सञ्चालन गर्दै आइरहेका तामाङले धादिङको खेलाडीहरूलाई फ्रान्श, मेक्सिको, रुस र थाइल्याण्ड लगाएतका देशहरुमा प्रतियोगिता खेल्नको लागि पठाईसकेका छन् ।
तामाङ प्रदेश खेलकुद विकास परिषद, बागमती प्रदेशका बोड सदस्य एवम राष्ट्रिय तेक्वान्दो संघको केन्द्रीय सदस्य समेत हुन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |