

धादिङ। खनियाबास गाउँपालिका वडा नं ३ मा रहेको बृचेत माविको ५० औ वार्षिक उत्सव तथा स्वर्ण महोत्सव मनाईएको छ। स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा विद्यालयले बुधबार र बिहिबार भव्य समारोहका बिच स्वर्ण महोत्सव मनाएको हो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लालकुमारी तामाङले प्रधानाध्यापकको प्रतिबेदन प्रस्तुत गर्दै २०३१ सालमा स्थापना भएको विद्यालयले लामो समयपछी २०६३ मा कक्षा ६ र ७ सञ्चालन गरिएको,२०६५ मा कक्षा ८ को जिल्ला स्तरिय परिक्षामा सम्मिलित भई २०६७ मा पहिलो पटक एसएलसी परिक्षामा सम्मिलित भएको बताउनुभयो ।
हाल विद्यालयमा १६१ छात्रा र १३१ छात्र गरी २९२ जना बिद्यार्थी रहेको बताउनुभयो ।उहाले थप गुणस्तरीय शिक्षा प्रदान गरी बिद्यालयको बिकास गरेर नमुना बिद्यालयको रुपमा चिनाउने लक्ष्य अनुसार काम गर्दै आएको पनि बताउनुभएको छ ।
उहाँले यस बिद्यालयमा हाल १९ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको बताउनुभयो।त्यस्तै आर्थिक वर्ष २०७८/०७९ मा विद्यालयको १ करोड ८७ लाख ३५ हजार ३५ रुपैया बराबरको आयव्यय रहेको पनि सार्वजनिक गर्नुभएको थियो ।
विव्यसका अध्यक्ष पलमान सिंह तामाङको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व कानुन न्याय तथा संसदीय मामिला राज्यमन्त्री दिलमान पाख्रिनको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य डम्बर तामाङ, खनियाबास गाउँपालिका अध्यक्ष रण बहादुर तामाङ, उपाध्यक्ष सेक्केमान तामाङ, निमित्त प्रमुख प्रशासकिय अधिकृत नवराज श्रेष्ठ, काँग्रेस धादिङका निवर्तमान सभापती रमेश धमाला, प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल लगाएतको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अतिथिहरुले शिक्षामा लगानी बढाउदै जानु पर्ने र यसको लागि सबैले जिम्मेवारी लिनुपर्ने भन्दै यस क्षेत्रमा शिक्षाको विकासमा सक्दो प्रयास र पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यस्तै कार्यक्रमकै अवसरमा विद्यालयको स्वर्ण महोत्सव स्मारिका बिमोचन गरिएको छ ।
बाबुराम फ्युबाले परिकल्पना तथा संकलन र गोपाल फ्युबा तामाङले भाषा सम्पादन गर्नुभएको स्मारिका कार्यक्रमका प्रमुख अतिथि तथा विशेष अतिथिहरुले संयुक्त रुपमा बिमोचन गर्नुभएको हो भने स्वर्ण महोत्सवको अवसरमा निर्माण गरिएको स्वर्ण स्तम्भको अनावरण गरिएको छ ।
साथै विविध खेलकुद प्रतियोगिता सम्पन्न गरी बिजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, पुर्व प्रनाधानाध्यापकहरु, शिक्षक अभिभावक संघका अध्यक्ष, पुर्व शिक्षक, र बिद्यालयको विकासमा महत्वपुर्ण योगदान पु¥याउनु भएका चन्दादाता, समाजसेवी, बिद्यालयका शिक्षक शिक्षिका, विभिन्न संघसंस्था लगायतलाई दोसल्ला ओढाइ सम्मान गरीएको थियो ।
कार्यक्रममा विभिन्न आमा समुह, बुहारी समुह,भुतपूर्व बिद्यार्थी लगाएतले साँस्कृतिक नृत्य तथा कलाहरु प्रर्दशन गरेका थिए।
तस्विरहरु:









आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |