

धादिङ। धादिङका कुशल अधिकारी ‘कमेडी च्याम्पियन सिजन ३’ को सुपर ३० मा पुग्न सफल भएका छन् ।
गल्छी गाउँपालिका-६ मुल घर भएका कुशल कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन ३’ का लागि डिजिटल राउण्ड, प्रि जजिङ राउण्ड, फिजिकल अडिसन हुँदै सुपर ३० मा पर्न सफल भएका हुन् ।
प्रतियोगीताका लागि डिजिटल अडिशनबाट १३२ जनालाई प्री–जजीङमा सहभागी गराएको थियो । ति मध्येबाट ७६ जना फिजिकल अडिशन राउन्डमा छानिदा कुशल पनि सुपर ३० मा पुग्न सफल भएका हुन् ।
कुशलले एक बर्ष अघि सेन्टर फ्रुट कमेडी अन टपको उपाधी समेत जितेका थिए।
सदरमुकाम धादिङबेसीमा बस्दै आएका कुशल नीलकण्ठ माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छन् ।
प्रसारणको तयारीमा रहेको तेस्रो सिजनमा १३ वर्षकी बालिकादेखि जेष्ठ नागरिक सम्म प्रतिस्पर्धामा रहेको आयोजकले जनाएको छ। निर्णायकमा हास्य कलाकारद्वय सन्तोष पन्त,मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र निर्देशक प्रदीप भट्टराई रहने छन्।
शोको पहिलो सिजनमा हिमेश पन्त, दोस्रोमा भरतमणि पौडेल विजेता भएका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |