

धादिङ । सिद्धलेक गाउँपालिका वडा नं १ स्थित नलाङ बैरेनीमा रहेको आयाम इङलिस स्कुलमा खेल सप्ताह सुरु भएको छ।
विद्यालयको वार्षिक कार्यतालिका अनुसार आज मंगलबारदेखी खेल सप्ताह सुरु भएको आयाम इङलिस स्कुलकी व्यवस्थापक ममिता अर्यालले जानकारी दिनुभयो ।
खेल सप्ताहको उद्घाटन पूर्व विद्यालय परिसरमा मार्चपास गरिएको थियो ।आज उदघाटनका दिन बेलुन रेस, स्पोन रेस र फ्रग रेसका खेलहरु सम्पन्न भएको अर्यालले बताउनुभयो ।
उहाँको अनुसार १२ गतेसम्म सञ्चालन हुने खेल सप्ताहमा प्राइमरी तथा प्री प्राइमरी अन्तरगत बल रेस, फ्रग रेस, फुटबल, भलिबल, कबड्डी, स्पोन रेस, निडल थ्रेड रेस लगायतका खेलहरु हुनेछन् भने शिक्षक र अभिभावकबिच पनि खेलहरु हुनेछन् ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष विकास कोइरालाले खेलकुदले विद्यार्थीको पढाईसंगै चौतर्फी विकास हुने भन्दै शिक्षासंगै अतिरिक्त क्रियाकलापले विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन हुने भएकाले खेल सप्ताह गरिएको बताउनुभएको छ ।
उक्त खेलमा विजेता विद्यार्थीहरुलाई माघ १२ गते पुरस्कार वितरण गरिने अध्यक्ष कोइरालाले बताउनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |