

धादिङ। धादिङ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड भोलि आईतबारबाट सुरु हुँदैछ।
जिल्ला खेलकुद विकास समिति धादिङको आयोजनामा भोलिदेखी सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिं तामाङले बागमती कलमलाई जानकारी दिनुभयो।
धादिङबेसीस्थित कवर्डहल परिसरमा हुने प्रतियोगिताको बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गर्ने तामाङले बताउनुभयो ।
३३० पदकका लागि प्रतिष्प्रधा हुने प्रतियोगितामा महिला र पुरुष दुबै तर्फको भलिबल, कबड्डी, कँराते, तेक्वान्दो, उसु, एथ्लेटिक्सका फिल्ड इभेन्ट्समा हाइजम्प, लङजम्प, ज्याभलिङ थ्रो, सटपुट लगायतका खेलहरू हुने खेलकुद विकास समितिका कार्यालय सचिव रमेशमान तुलाधरले बताउनुभयो ।
रनिङ शिल्डको लागि १३ वटै पालिकाबाट करिव ९५० जना खेलाडीहरु सहभागी हुने उहाँको भनाई छ।
प्रतियोगिता १६ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा पालिकाबाट छनोेट भएर आएका १८ वर्ष सम्मका छात्र/छात्राहरुले भाग लिन पाउने छन्।जिल्लाबाट छनोट भएका खेलाडीहरु प्रदेश छनोट पार गर्दै राष्ट्रिय प्रतियोगिताको लागि खेल्न पाउने छन्।
यसअघिको १२ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नीलकण्ठ नगरपालिकाले जितेको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |