

फेसबुकको मातृ कम्पनी मेटाले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा बालबालिकाको नग्न तस्बिर पठाउन र प्राप्त गर्न रोक लगाउने भएको छ ।
सामाजिक सञ्जालमा बालबालिकाको नग्न तस्बिर पठाउन र प्राप्त गर्न रोक लगाउन छिट्टै ‘सेफ्टी टुल’ ल्याउन लागेको मेटाले जनाएको छ । इनक्रिप्टेड च्याटमा पनि यो लागू हुनेछ । यो टुल वैकल्पिक हुनसक्छ र फेसबुकमा वयस्कहरूका लागि पनि उपलब्ध हुनसक्छ ।
मेटाले इनक्रिप्ट म्यासेन्जरलाई डिफल्टमा राखेको थियो । कम्पनीको यो निर्णयको निकै आलोचना भएको थियो । इनक्रिप्सनका कारण बालबालिकामाथि हुने दुर्व्यवहारको घटना पत्ता लगाउन नसकेको मेटाको भनाइ थियो ।
महिला र १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई यौन दुर्व्यवहारबाट बचाउन यो फिचर ल्याएको कम्पनीले जनाएको छ ।एजेन्सी





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |