

सिस्नेखोला–नागढुङ्गा सुरुङमार्गको मुख्य सुरुङ खन्न अब झन्डै ४५ मिटर बाँकी रहेको छ।
नागढुङ्गा–सुरुङ मार्ग आयोजनाका प्रमुख नवीनमान श्रेष्ठका अनुसार छिचोल्ने तयारी भएको छ । गएको शुक्रवारसम्मको प्रगतिअनुसार ४५ मिटर खन्न बाँकी रहेको र आउँदो फागुन २३ गतेसम्म छिचोल्ने तयारी भएको हो।
यो आयोजनाको दुई हजार पाँच सय ५७ मिटरको रेस्क्यु अर्थात् उद्धार सुरुङ गएको साउन २२ गते छिचोलिसकिएको छ।
मुख्य सुरुङ छिचोल्ने कार्यक्रममा क–कसलाई सहभागी गराउने भन्ने विषयमा योजना बनाइरहेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताउनुभयो ।
सुरुङ छिचोलिँदा पूजापाठ र हर्षबढाइँ पनि हुनेछ ।मुख्य सुरुङसँगै रहेको उद्धार सुरुङमा सुरक्षाकर्मीको गाडी, एम्बुलेन्स, वारुण यन्त्र जस्ता गाडी हिँड्न पाउने छन् । मुख्य सुरुङमा दुर्घटना हुँदा उद्धार गर्न यो सुरुङ बनाइएको हो ।
मुख्य सुरुङ दुई लेन र उद्धार सुरुङ एकल लेनको बनिरहेको छ ।
धादिङको धुनिबेसी नगरपालिकाको सिस्ने खोला अर्थात् नौबिसे नजिकैबाट शुरु भएको सुरुङमार्ग काठमाण्डौको चन्द्रागिरि नगरपालिकाको बलम्बुमा निस्किनेछ ।
मुख्य सुरुङबाट गाडी चलाउन भने झन्डै एक वर्ष लाग्ने आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले बताउनुभयो ।उहाँका अनुसार सुरुङमार्गभित्र अक्सिजनको मात्रा मिलाउने, बत्ती जोड्ने, टेलिफोन जोड्ने लगायतका काम गर्न बाँकी छ ।
सुरुङ मार्गलाई त्रिभुवन राजपथसँग जोड्न अर्थात् थानकोटको मूल सडकसँग जोड्न दुई किलोमिटर ८७ मिटरको पहुँचमार्ग पनि बनिरहेको छ ।
पहुँच मार्गमा फ्लाईओभर, पुल, अन्डरपास, ओभरपास गरी १२ वटा संरचना बनिरहेका छन् ।यसैबीच मुख्य सुरुङमा दुई पाङ्ग्रे र पेट्रोलियम पदार्थ बोकेका गाडीले अनुमति नपाउने भएका छन् ।
सुरक्षाका कारण सुरुङमार्गमा दुई पाङ्ग्रे र पेट्रोलियम पदार्थ वा प्रज्वलनशील पदार्थ बोकेका गाडी चल्न नपाउने भएका हुन् । नागढुङ्गा–नौबिसे सुरुङमा गुड्ने गाडीले शुल्क तिर्नुपर्ने भए पनि अहिले निर्धारण नभएको आयोजना प्रमुख श्रेष्ठ बताउनुहुन्छ ।
सुरुङमार्ग बनाउन सन् २०१९ को सेप्टेम्बरमा सडक विभाग र जापानी कम्पनी हाजमा आन्दो जेभीसँग सम्झौता भएको थियो । आयोजनाको काम सन् २०२० को नोभेम्बरदेखि शुरु भएको थियो ।filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |