

धादिङ । धादिङमा भेटेरिनरी पसल तथा क्लिनिकहरुमा अनुगमन गरिएको छ ।जिल्ला अनुगमन समितिले सोमबार धुनिवेसी नगरपालिका आसपासका भेटेरिनरी पसल तथा क्लिनिकहरुमा अनुगमन गरेको हो।
अनुगमनको क्रममा धुनिवेसी नगरपालिका–१ भञ्ज्याङ पोखरीमा संचालित धुनिवेशी स्वास्थ्य क्लिनिक प्रा.लि.र धुनिवेशी फार्मेसीलाई अनुगमन टोलीले दश÷दश हजार जरिवाना तिराईएको छ ।
लाइसेन्स नभएको व्यक्तिले औषधी विक्रि गरेको र प्रतिवन्धित औषधी विक्रि गरेको, आवश्यक कागजपत्र विना नै संस्था संचालन गरेको र म्याद गुज्रिएको औषधी विक्रि गर्न रोखेको पाइएकोले उपभोक्ता संरक्षण ऐन बमोजिम कारबाही गरिएको जिल्ला अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले बताउनुभयो ।
कानून विपरित हुन सक्ने गतिविधि रोक्न सम्बन्धित विशेषज्ञसहितको उपस्थितिमा अनुगमन गरिएको पराजुलीले बताउनुभयो । विगतको अनुगमनमा गरिएका निर्देशन पालनाको अवस्था र सरकारको मापदण्ड पालनाको अवस्थाबारे पनि अनुगमन गरिएको बताउनुभयो ।
अनुगमन समितिले भेटेरिनरी औषधी पसलहरुमा भने विगतमा भन्दा सुधार आएको फेला पारेको छ ।
एक वर्ष अगाडि भएको अनुगमनमा अधिकांश भेटेरिनरी औषधी पसलहरु कारबाहीमा परेको भएपनि अहिले ती पसलहरुले सुधार गरेको पाइएको अनुगमनमा पुग्नुभएका जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख सन्दिप सिलवालले बताउनुभयो।
अनुगमन गरिएका अधिकांश ठाउँहरुमा औषधी व्यवस्था विभागको मापदण्ड अनुसार नै पसल संचालन गरेको पाइएको उहाँको भनाई छ ।
अनुगमनको क्रममा केही पसलहरुलाई एक साताभित्र सुधार गर्न लिखित निर्देशन पनि दिइएको छ ।
यस्तो अनुगमनले व्यवसायीहरु सचेत बन्ने र सेवाग्राही र उपभोक्ताले राम्रो सेवा पाउने भन्दै स्थानीयहरु खुसी भएका छन् भने व्यवसायी आफै पनि खुसी भएका छन्।
अनुगमन समितिले अहिले धादिङ जिल्लाको राजमार्ग क्षेत्रमा पर्ने धुनिबेसी, थाक्रे, गल्छी, गजुरी र बेनिघाटमा अनुगमन गरिरहेको छ ।
जिल्लाका गाउँ गाउँमा समेत पुगेर अनुगमन गर्ने योजनासहित अनुगमनलाई तिव्र पारिएको अनुगमन समितिले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |