

धादिङ । नेपालमा ६ महिनाको अवधीमा सवारी दुर्घटनामा परि १ हजार भन्दा बढिको मृत्यु भएको छ ।
चालु आर्थिक वर्ष २०८०/०८१ को गत साउनदेखि पुस महिनासम्म देशका विभिन्न स्थानमा भएका १२ हजार ८५६ वटा सवारी दुर्घटनामा परि १ हजार १ सय ३७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीमध्ये ८ सय ५४ जना पुरूष, २ सय ९ जना महिला, ५० जना बालक र २४ जना बालिका रहेका छन् ।
प्रहरीका अनुसार सोही अवधीमा दुर्घटनामा परी १६ हजार ३३५ जना घाइते भएका थिए । घाइतेमध्ये ३ हजार २१३ जना गम्भीर र १३ हजार १२२ जना सामान्य घाइते भएका थिए ।
सडक विस्तार, कतिपय स्थानमा सडक मर्मत र गाडी थपिदै गईरहेको अवस्थाले दुर्घटना निम्त्याउने गरेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले बताउनुभयो ।
उहाँको अनुसार ६ महिनाको अवधीमा काठमाडौं उपत्यकामा मात्रै ५ हजार ८६५ सवारी दुर्घटनामा परेका छ । त्यस्तै कोशी प्रदेशमा १ हजार ६३९ वटा, मधेश प्रदेशमा ३ हजार १९० वटा, बागमती प्रदेशमा ७ सय ६ वटा, गण्डकी प्रदेशमा १ सय ९५ वटा, लुम्बिनी प्रदेशमा ६ सय ६ वटा, कर्णाली प्रदेशमा ४ सय ९५ वटा र सुदूरपश्चिम प्रदेशमा १ सय ६० वटा सवारी दुर्घटना भएका थिए ।
दुर्घटनामा ८ सय ७४ वटा ट्रक/ट्याङकर, २ सय १३ वटा टिपर, ३५ वटा डोजर/लोडर/स्काभेटर, १ हजार ४९६ वटा बस, २ सय ९४ वटा माइक्रोबस, ४ हजार ६२५ वटा जिप/कार, ३ सय २४ वटा ट्याक्टर, ७ सय ४१ वटा टेम्पो, ११ हजार ४० वटा मोटरसाइकल, ७ सय ९९ वटा शारीरिक शक्तिले चल्ने र ५८ वटा अन्य गरी जम्मा २० हजार ४ सय १९ वटा सवारी साधनहरू संलग्न रहेको ढकालले बताउनुभयो ।
दुर्घटनामा १० हजार ३५३ वटा सवारी साधनहरू क्षति भएका छन् ।
तथ्याङ्क विश्लेषण गर्दा सबै भन्दा बढि दुर्घटना काठमाडौं उपत्यकामा र सबै भन्दा कम सुदूरपश्चिम प्रदेशमा भएका थिए भने सबै भन्दा बढि मोटरसाइकल दुर्घटनामा परेको प्रहरी नायव महानिरीक्षक ढकालले बताउनुभयो ।
तीव्र गतिमा गुड्ने सवारी साधनहरू बढि दुर्घटनामा परेको देखिन्छ । तीव्र गति लगायत दुर्घटनाका विविध कारणहरू छन् ।
सो अवधिमा तीव्र गतिको कारण ५ हजार ६४० वटा, बाटो काट्दा यात्रुको कारण ७ सय ५६ वटा, मापसे ६ सय ९४ वटा, ट्राफिक नियम उल्लंघन ५ सय ७४ वटा, सवारी चालक अनुमतिपत्र प्राप्त नभएको ४ सय ६० वटा, ओभरटेक ३ सय ५३ वटा लगायत ओभरलोड, ब्रेक फेल, मोबाइल फोन प्रयोग, यान्त्रिक गडबडी, झुण्डीएर यात्रा जस्ता प्रमुख कारणले समेत सवारी दुर्घटना भएका छन् ।
साथै जीर्ण सडक, कच्ची सडक, उकालो ओरालो, साघुँरो सडक, हुस्सु कुहिरो, बाढि पहिरो र चौपायको कारण समेत दुर्घटना हुने गरेको छ ।
बिहान ६ देखि दिउँसो १२ बजेसम्म ३ हजार ४७ वटा, दिउँसो १२ देखि साँझ ६ बजेसम्म ४ हजार ९५९ वटा, साँझ ६ देखि राति १२ बजेसम्म ४ हजार २६१ वटा र राति १२ देखि बिहान ६ बजेसम्म ५ सय ८१ वटा दुर्घटना भएको देखिन्छ।
तस्विर:सुनवलमा शुक्रबार ठोक्किएको टिपर र बस





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |