

धादिङ ।धादिङबेशीमा फोटो तथा भिडियो सम्पादन सम्बन्धी पत्रकारिता तालिम गरिएको छ ।
नीलकण्ठ नगरपालिकाको सहयोग धादिङका दलित तथा जनजाति पत्रकारलाई विद्युतिय प्रविधिसँग जोड्ने र पत्रकारिता पेशामा दक्ष बनाई आत्मनिर्भर बनाउने उद्देश्यले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) धादिङले आयोजना गरेको तालिम एक कार्यक्रमका विच बिहिबार सम्पन्न भएको हो ।

तालिमले प्रविधिसँग जोड्न र धादिङको पत्रकारितालाई थप अब्बल बनाउन सहयोग पुग्ने नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले बताउनुभयो।
तालिम समापन समारोहको सम्बोधन गर्दै आधुनिक तथा विद्युतिय प्रविधिको उच्चतम प्रयोग गर्न सके पत्रकारितालाई थप प्रभावकारी बनाउन सकिने र तालिमले थप सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभएको हो।

‘मिडियाले सत्य तत्यमा आधारित पत्रकारिता त गर्नपर्छ नै । तर नागरिकको आवश्यकता र चाहाना अनुरुपको पत्रकारिता पनि आवश्यक छ । मिडियाले दिने सुचना र सञ्देश नागरिकको अपेक्षालाई पनि ख्याल गर्नुपर्छ । पुराना शैलीमा भन्दा आधुनिक र विद्युतिय प्रविधिको उच्चतम प्रयोग गर्नुपर्छ’ उहाँले भन्नुभयो, ‘सञ्चार माध्यम र पत्रकारले धादिङका सवाल उठाएर सरोकारवाला निकायलाई जिम्मेवारी बोध गएको छ । यससँगै विकास निर्माण र सुशासनको क्षेत्रमा खेलेको भूमिका उल्लेखनिय छ । आगामी दिनमा पनि धादिङको विकासमा संगै सहयात्रा रहनेछ ।’
कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले पत्रकारहरुको हक अधिकार स्थापित गर्न पत्रकार महासंघले विशेष प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो।
यस्ता क्षमता विकास तालिमले पत्रकारको गुणत्मक विकास हुने र सिंगो पत्रकारितामा सकरात्मक प्रभाव पर्छ । यस तालिमले थप निखारता ल्याउने छ । पत्रकार महासंघले पनि निकट भविष्यमा तालिमको आयोजना गर्ने तयारी भइ रहेको उहाँले बताउनुभयो। दलित तथा जनजाति पत्रकारलाई विद्युतिय प्रविधिसँग जोड्ने र पत्रकारिता पेशामा दक्ष बनाई आत्मनिर्भर बनाउने उद्देश्यले पत्रकारिता तालिमको आयोजना गरिएको फोनिज धादिङका अध्यक्ष अर्जुन श्रेष्ठले बताउनुभयो।

पत्रकारितामा पहिले सिक्ने, टिक्ने अनि मात्रै काम गर्न सक्छ भनि विश्वास हुने, अरुले खोज्ने र विक्न सकिने हुँदा दक्षता पहिलो प्राथमिकता हो । त्यसैले, फोनिज धादिङले तस्विर तथा दृश्य सम्पादनको तालिम दिइएको हो ।
आगामी दिनमा विशेष खालको तालिम पनि आयोजना गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो। एडिटर एवम कन्टेन्ट क्रियटर धु्रवराज पराजुलीले सहजिकरण गर्नुभएको तालिममा धादिङका विभिन्न सञ्चार माध्यममा आवद्ध ३१ जना दलित र जनजाति पत्रकारहरु सहभागी रहेका थिए ।
सहभागी पत्रकारहरुले सिकेको कुरा व्यवहारमा उतार्ने बताएका छन् । माघ २३ गते मंगलबारदेखि सुरु गरिएको तीन दिने पत्रकारिता तालिम विहिबार एक कार्यक्रमका विच समापन गरिएको हो ।







आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |