

धादिङ । पृथ्वी राजमार्ग अन्तरगत धादिङको गल्छि गाउँपालिका–४ मासटारमा रहेको ह्याम्लेट रेष्टुरेन्टलाई एक लाख जरिवाना तिराईएको छ ।
दुई वटा चाउचाउको पाँच सय रुपैँया असुल्ने उक्त रेष्टुरेन्टलाई जिल्ला अनुगमन समितिले एक लाख जरिवाना गरेको हो ।

२० रुपैँया पर्ने वाइवाइ चाउचाउको दुइ वटा पकाएर दिएको र पाँच सय रुपैँया तिरेको बिलसहित एक जना उपभोक्ताले जिल्ला प्रशासन कार्यालय धादिङमा उजुरी गरेपछी पैसा तिरेको बिलसहित बोकेर अनुगमनमा पुगेको टोलीले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारवाही गरी जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवम जिल्ला अनुगमन समितिका संयोजक हुमनाथ पराजुलीले जानकारी दिनुभयो।
अनुगमन समितिले गल्छिकै नवोदिप स्टोर र रिभर भ्यू क्याफेलाई पनि दश/दश हजार जरिवाना तिराएको छ ।
विगतका समयमा गरिएको अनुगमनका क्रममा दिएको निर्देशन पनि पालना नगरेको र सामानको अधिकतम मूल्य लिएकाले जरिवाना गरिएको पराजुलीले बताउनुभयो ।
तोकिएको मूल्य भन्दा बढी लिने होटल तथा पसलहरुलाई कडा भन्दा कडा कारवाही गरिने उहाँको भनाई छ ।
विगतका दिनहरुको अनुगमनमा खानेकुराको गुणस्तर हेरेर कारवाही गरिएको भन्दै पराजुलीले पछिल्लो समय एमआरपीमा उपभोक्ता ठगिने गुनासो आएको अबका दिनमा महंगो मूल्य असुल्नेहरुमा फोकस गरेर अनुगमन गरिने बताउनुभयो ।
उहाँले महंगो मूल्य असुल्ने कुनै पनि होटल, किराना पसल तथा क्याफेहरुको खरिद बिल र प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्नपनि उपभोक्तालाई आग्रह गर्नुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |