

धादिङ,०७ कात्तिक।
जिल्ला क्रिकेट संघ धादिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता धादिङका १३ जना खेलाडीलाई सम्मान गरेको छ ।
सोमबार धादिङ जिल्ला स्तरीय अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिताको समापन एवम् पुरस्कार वितरण समारोहको अवसरमा क्रिकेट संघ धादिङले पदक विजेता धादिङका खेलाडीलाई सम्मान गरेको हो ।
सम्मानित हुने खेलाडीहरुमा एथ्लेटिक्समा २ स्वर्ण बिजेता सन्तोषी श्रेष्ठ, बक्सिङका स्वर्ण बिजेता गणेश प्रधान, दिपक श्रेष्ठ, आशिष दुवाडी, ट्राईथलन स्वर्ण बिजेता सोनी गुरुङ,हायण्डबल स्वर्ण बिजेता सम्झना कुमाल, एथ्लेटिक्स स्वर्ण बिजेता दिपक अधिकारी रहेका छन् ।
त्यस्तै तेक्वान्दो रजत बिजेता रामकुमार पोखरेल, बक्सिङ रजत बिजेता लालु आलेमगर, भलिबल रजत बिजेता सरण सामरी, साईक्लिनिङ कास्य बिजेता लक्ष्मण मल्ल, कुस्ती कास्य बिजेता कोपीला मगर, र फुलकन्ट्याक कराते कास्य बिजेता एकता कुमाल रहेकी छिन् ।
संघले धादिङ घरभई विभागिय र प्रदेशबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि भई पदक विजेता खेलाडीहरु आर्मीका ९, एपीएफका २ जना र बागमती प्रदेशबाट २ गरी १३ जनालाई सम्मान गरेको हो ।
संघले प्रत्येक खेलाडीलाई ५/५ हजार नगदसहित सम्मान पत्रद्वारा सम्मान गरिएको हो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |