

धादिङ । धादिङको गजुरी गाउँपालिकामा अध्यक्ष गणेशलाल श्रेष्ठले भोलि फागुन १ गते सार्वजनिक विदा घोषणा गरेपछि विवाद सुरु भएको छ ।
अध्यक्ष श्रेष्ठले जनयुद्ध दिवसका् अवसरमा भोलि पालिकाभर सार्वजनिक विदा दिने सूचना जारी गरेपछी विवाद सुरु भएको हो ।
गाउँपालिकाको निर्णय नै नगरी विदा दिन नुहुने, पालिकामा छलफल नै नभइ विदाको सूचना जारी गर्न नियम विपरित भएकोले सार्वजनिक विदा नभएको गाउँपालिका उपाध्यक्ष शर्मिला विसुरालले बताउनुुभयो ।
गजुरी गाउँपलिका कार्यपालिकाको बैठक माघ २८ गते बसेको भएपनि फागुन १ गते विदा दिने विषयमा छलफल नै नभएको एक कार्यपालिका सदस्यले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष श्रेष्ठले निर्णय अनुसार पालिकाभित्र सार्वजनिक विदाको सूचना निकालेपछि उपाध्यक्ष विसुरालले माघ २९ गते सार्वजनिक विदाको खण्डन गर्दै सूचना जारी गरेर सम्पूर्ण सरकारी र गैरसरकारी तथा सार्वजनिक निकाय संचालन गर्न सूचना गर्नुभएको हो ।
यता गजुरी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सुरेन्द्र प्रजाले पनि सूचना जारी गर्दै अदालतभन्दा माथी कोही नभएकोले फागुन १ गते सार्वजनिक विदा नभएको भन्दै सूचना जारी गर्नुभएको छ ।
पालिका अध्यक्ष नेकपा माओवादी केन्द्रको तर्फबाट निर्वाचित हुनुुभएको हो भने उपाध्यक्ष शर्मिला बिसुराल र वडाध्यक्ष प्रजा नेपाली काँग्रेसबाट निर्वाचित हुनुुभएको थियो ।
यस्तै आज गृह मन्त्रालयले एक सूचना निकाल्दै १ फागुनको सार्वजनिक बिदा सर्वोच्च अदालतले खारेज गरिदिएपछि भोलि १ गते बिदा कायम नरहेको जनाएको छ ।
यस्तो छ,पालिका अध्यक्ष गणेशलाल श्रेष्ठले जाारी गर्नुभएको सूचना
प्रस्तुत विषयमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि २०५२ साल फाल्गुन १ गते देखि संचालित महान जनयुद्धको स्मरण र सम्मान गर्दै मिति २०८० फाल्गुन १ गते जनयुद्ध दिवसका दिन यस गजुरी गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, विद्यालय तथा संघ संस्थाहरुमा १ (एक) दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा उक्त दिन गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालयहरु, विद्यालयहरु र संघ संस्थाहरुको लागि सार्वजनिक विदा दिइएको व्यहोरा जानकारी गरिन्छ ।
गणेशलाल श्रेष्ठ
अध्यक्ष

पालिका उपाध्यक्ष उपाध्यक्ष शर्मिला विसुरालले जारी गर्नुभएको सूचना यस्तो छ
आज मिति २०८०/१०/२४ का दिन गजुरी गा.पा. को अध्यक्ष द्वारा प्रकाशीत प्रेश विज्ञाप्तीमा भोली २०८०/११/०१ का दिन सार्वजनिक बिदा दिने जानकारी आएता पनि सो सम्बन्धमा गजुरी गा.पा. कार्यपालिका बैठकमा कुनै छलफल तथा निर्णय नभएको व्यहोरा जानकारी गराउदछु । मिति २०८०/१०/२८ का दिन नेपाल सरकारको गृह मन्त्रालय द्वारा जारी सूचना अनुसार सार्वजनिक बिदा नहुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी अनुरोध छ । सोही सन्दर्भमा सर्वोच्च अदालतबाट पनि सार्वजनिक बिदा दिन नमिल्ने फैसला भइसकेकोले नेपालको संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ भएका सबै खालका राजनैतिक आन्दोलन र स्थापित राजनैतिक मुल्य मान्यतालाई पूर्णरुपमा सम्मान गर्दै जनताद्वारा निर्वाचित संविधान सभाले बनाएको वर्तमान संविधानमा कानून भन्दा माथि कोही नरहेको र कानूनको पूर्ण पालना गर्नु आम नागरिकको कर्तव्य रहेकोले सोही अनुरुप भोली फागुन १ गते गजुरी गाउँपालिका तथा मातहतका सबै सरकारी कार्यालय, विद्यालय, स्वास्थ्य चौकी, वित्तिय संस्थाहरु यथावत रुपमा खोल्न संचालन गर्न सम्बन्धित सबैलाई सूचित गरिन्छ ।
सर्मिला विसुराल
उपाध्यक्ष

वडा नं ४ का वडा अध्यक्ष सुरेन्द्र प्रजाले जारी गर्नुभएको सूचना
सार्वजनिक बिदा कायम नरहेको सम्बन्धी सुचना ।
नेपाल सरकार गृह मन्त्रालयको मिति २०८० । १० । २९को सुचना अनुसार २०८० फागुण १ गते मङ्गलबार दिन यस वडाको सरकारी कार्यालय, विद्यालयहरु र सघं संस्थाहरु सार्वजनिक बिदा कायम नरहेको व्यहोरा
जानकारी गराइन्छ ।
सुरेन्द्र प्रजा
वडा अध्यक्ष

वडा नं ६ का अध्यक्ष भक्त बहादुर तामाङले जारी गर्नुभएको सूचना
सार्वजनिक विदा सम्बन्धी सूचना ।
प्रस्तुत विषयमा यस गजुरी गाउँपालिले जनयुद्धको स्मरण र समान गर्दै मिति २०८० फागनु १ गते जगयुद्ध दिवसको दिन यस गजुरी गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, विद्यालय तथा संघ संस्थाहरुमा १ (एक) दिन सार्वजनिक विदा दिने भनी प्रकाशित सूचना अनुसार यस गाउँपालिका वडा नं०६ को कार्यालय लगाएत वडा भित्रका सम्पूर्ण विद्यालय संघ संस्थाहरु मिति २०८० फागनु १ गते बन्द रहने कुरा सबैमा यो सूचना मार्फत जानकारी
गराइन्छ ।
भक्त बहादुर तामाङ
वडा अध्यक्ष

गृह मन्त्रालयद्धारा जारी सूचना:
सम्मानित सर्वोच्च अदालतको फैसलाका आधारमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/१०/२५ को बैठकको निर्णयानुसार नेपाल राजपत्र (खण्ड ७२, संख्या ६५, भाग ५ मिति २०७९/१२/०२) मा प्रकाशित संवत् २०८० फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरोध छ ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |