

नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।
मलेसियाको क्वालालम्पुरमा आज भएको क्वाटरफाइनलमा कुवेतलाई डकवर्थ–लुइस नियमका आधारमा ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।
वर्षाले प्रभावित खेलमा नेपालले १२ ओभरमा ५० रनको लक्ष्य पाएको थियो । नेपालले ६ ओभर ५ बलमा २ विकेट गुमाएर लक्ष्य भेटायो । नेपालकी कप्तान इन्दु बर्माले नट आउट २२ रन बनाइन् ।
कुवेतकी मारयम ओमरले १ विकेट लिइन् ।यसअघि टस जितेर ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाएर ७३ रन बनायो । कुवेतकी प्रियदा मुरलीले २९ रन बनाइन् ।नेपालकी सीता राना मगरले ह्याट्रिक गरिन् । यस्तै कविता कुँवर र रुबिना क्षेत्रीले समान २ विकेट लिइन् ।
अब नेपालले सेमिफाइनलमा मलेसियासँग खेल्नेछ । फाइनल पुग्ने टोलीले एसिया कप खेल्नेछन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |