

नेपाल पशु चिकित्सा परिषद्ले अफ्रिकन स्वाइन फिभर सङ्क्रमण देखिएको ठाउँहरूबाट बङ्गुरको ओसारपसार नगर्न आग्रह गरेको छ ।
अफ्रिकन स्वाइन फिभर रोग द्रूत गतिमा फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अर्को सूचना जारी नहुन्जेलसम्मका लागि सङ्क्रमण देखिएको ठाउँहरूबाट बङ्गुरको ओसारपसार नगर्न परिषद्ले आग्रह गरेको हो ।
बङ्गुर तथा बङ्गुरजन्य पदार्थहरूको ओसारपसारका लागि भेटेरिनरी प्रमाणपत्र जारी नगर्न सम्पूर्ण दर्तावाल पशु चिकित्सकहरूलाई आग्रह गरेको छ।
पशु सेवा विभागले नेपालको गण्डकी र बाग्मती प्रदेशका केही जिल्लाहरूमा अफ्रिकन स्वाइन फिभरको पुष्टि भएकाले थप सङ्क्रमण फैलन नदिन बङ्गुर र बङ्गुरजन्य पदार्थको ओसारपसार बन्द गर्नुपर्ने परिषद्ले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |