

धादिङ । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धादिङले नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङलाई सात दिने अल्टिमेटम सहित स्मरणपत्र बुझाइएको छ ।
सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर’ भन्ने नेपाल आदिवासी जनजाति पत्रकार महासंघको देशैभर आन्दोलनको सर्कुलर कार्यक्रम अन्तगतमंगलबार फोनिज धादिङका अध्यक्ष अर्जुन श्रेष्ठको नेतृत्वमा गएको टोलिले महासंघका अध्यक्ष राजाराम शर्मालाई स्मरणपत्र बुझाइएको हो ।
फोनिज नेपाल पत्रकार महासंघको गलत इतिहास सच्याउन लामो समयदेखि संघर्षरत छ । तथ्य र प्रमाणको आधारमा नेपाल पत्रकार महासंघ तत्कालिन नेपाल पत्रकार संघको संस्थापक अध्यक्ष कायम गर्न २०७९ सालमा सम्पुर्ण समितिबाट माग गरिएको थियो ।
तर, गलत इतिहास सच्याएर अग्रजको योगदानलाई सम्मान गर्न महासंघ तयार नभएकोले महासंघको नीतिविरुद्ध फोनिज निर्णयक आन्दोलनको चरणमा पुगेको स्मरणपत्रमा उल्लेख गरिएको छ ।
७ दिनभित्र सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम नभए महासंघको केन्द्रिय कार्यालय सहित देशैैभरका कार्यालयहरुमा तालाबन्दी गरिने फोनिजले निर्णय गरेको छ ।
यस्ता छन् फोनिजले घोषणा गरेको आन्दोलनका कार्यक्रमहरु:
-फागुन १६ गते ११ वजे सरोकारवाला पत्रकारनज्य संघसँस्था र व्यक्तिहरुसँग छलफल गर्ने ।
-फागुन १७ गते ‘सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर’ भन्ने सन्देश फोनिजका सम्पुर्ण सदस्यहरुले नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल,वरिष्ठ उपाध्यक्ष रमेश विष्ठ,महासनिव रोशन पुरीलाई मोबाइलमा पठाउने ।
-फागुन १९ गते फोनिजका सम्पुर्ण सदस्यहरुले ‘सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर’ भन्ने मागसहित सन्देश पठाएको एसएमएसको स्कृनसट र संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको फोटो फेसबुक लगायत सामाजिक सन्जालहरुमा पोष्ट गर्ने ।
-स्मरणपत्र बुझाएको मितिले ७ दिनभित्र माग पूरा नभएमा फागुन २१ गते नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र सबै जिल्ला शाखाहरुमा अनिश्चितकालीन तालाबन्दी गर्ने ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |