

धादिङ । १५ वर्षीया बालिकालाई करणी गरेको आरोपमा सिद्धलेक गाउँपालिका–४ को कालिदेवी माविका शिक्षक पक्राउ परेका छन् ।
बिहिबार जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दर्ता भएपछि सिद्धलेक–४ का ३२ वर्षीय शिव थापामगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका ईन्स्पेक्टर अभय लामाले जानकारी दिनुभयो।
आरोपितले पीडितलाई पटक पटक बलात्कार गरेको भन्दै पीडित पक्षबाट बिहिबार उजुरी दिएको ईन्स्पेक्टर लामाले बताउनुभयो ।आरोपितले ०८० मंसिरमा अन्तिम पटक बलात्कार गरेको पीडितको भनाइ छ ।
पीडितको धादिङ अस्पतालमा शुक्रबार स्वास्थ्य परिक्षण गरिएको र आरोपितलाई जिल्ला अदालतको अनुमतिले “जबरजस्ती करणी” मुद्दामा हिरासतमा अनुसन्धानका लागि राखिएको प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |