

नेपाल क्रिकेट संघले हङकङमा हुने टी-२० त्रिकोणात्मक सिरिज खेल्ने टिमको घोषणा गरेको छ । क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो ।
क्यानले हङकङमा खेल्ने टिममा सोमपाल कामी, आसिफ सेख, कुशल मल्ल र ललित राजबंशीलाई बाहिर राखेको छ । त्यस्तै टिममा विनोद भण्डारी, लोकेश बम, आकाश चन्द रासिद खानलाई समावेश गरिएको छ ।
नेपाली टिममा रोहित पौडेल कप्तान, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, विवेक यादव, रशिद खान, करण केसी, सागर ढकाल, प्रतिस जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन्।
नेपालले मार्च ९ देखि १३ मार्चसम्म हङकङ, नेपाल र पपुवान्यूगिनीसम्मिलित टी-२० सिरिज खेल्दै छन् ।
त्रिकोणात्मक टी-२० सिरिजमा मार्च १० मा हङकङ र नेपाल खेल्ने छन् भने मार्च १२ मा दुई खेल हुने छन् । मार्च १२ मा पिएनजी र नेपाल पहिलो खेलमा खेल्ने छन् भने दोस्रो खेलमा हङकङ र पिएनजी खेल्ने छन् ।
मार्च १३ मा त्रिकोणात्मक टी-२० सिरिजको फाइनल खेल हुने छन् भने फाइनलमा नपुग्ने देशले हङकङ ए सँग तेस्रो स्थानको लागि खेल्ने छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |