

महाशिवरात्रि पर्व आज धादिङसहित देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।
आज धादिङको सिद्धलेक गाउँपालिका स्थित सिद्धलेक (सिद्धबाबा मन्दिर)मा चौथो सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सव हुदैँछ।
सिद्धलेक ढेवाडाँडा समाज नेपालको आयोजना तथा सिद्धलेक गाउँपालिकाको प्रायोजनमा महाशिवरात्री पर्वको अवसरमा आज हुने चौथो सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक समाजका सल्लाहकार एव रेडक्रस नलाङ उपशाखाका सभापति अमृत गुरुङ(तिलक) ले जानकारी दिनुभयो।
महोत्सवमा राष्ट्रिय कलाकार चर्चित लोक गायक राम्जी खाँड, लोक गायीका सम्झना भण्डारी, र कुशल बेलबासे, बिन्दा परियार, प्रदिप बराईली, टिका भुजेल, मिलन विश्वकर्मा, प्रवेश श्रेष्ठ लगाएत स्थानीय कलाकारहरुको प्रस्तुति हुने सिद्धलेक ढेवाडाँडा समाजका अध्यक्ष दिल नारायण श्रेष्ठले बताउनुभयो।
महोत्सवमा नेपाल नगरपालिका संघका अध्यक्ष एवं नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भिम प्रसाद भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यता रहने अध्यक्ष श्रेष्ठले बताउनुभयो।
यसैगरी महोत्सव स्थल परिसरमा रक्तदान कार्यक्रम समेत हुने भएको छ ।
नेपाल रेडक्रस सोसाईटी नलाङ उपशाखाको आयोजना तथा रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा बिहान ८ बजेदेखी अपरान्ह ४ बजेसम्म रक्तदान कार्यक्रम पनि हुने भएको छ ।
उक्त धार्मिक तथा सांस्कृतिक महोत्सवमा सहभागि हुन सम्पुर्णलाई आयोजकले अपिल गरेको छ।
जिल्लाकै ऐतिहासिक धार्मिक तथा पर्यटन स्थल धादिङ्गको सिद्धलेक गाँउपालिकाभित्र पर्ने साविकको नलाङ्ग र सलाङ्ग (हाल वडा नं २, ३ र ४) को सिमानामा अवस्थित सिद्धलेक तथा ढेवा डाँडामा हरेक बर्ष महाशिवरात्रीमा मेला लाग्ने गर्दछ ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि सिद्धलेक ढेवाडाँडा समाज नेपालले गाउँपालिकाको समन्वयमा विगत केही बर्षदेखी सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सवको आयोजना गर्दै आएको छ ।
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाउन लागिएको हो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |