

धादिङ । सिद्धलेक गाउँपालिका–२ नलाङ स्थित कुवापानीटारमा जंगलमा लागेको डढेलोबाट सल्केको आगोले एक स्थानीयको गोठ जलेर नष्ट भएको छ ।
सोही ठाउँको छोटटार सामुदायिक वनमा लागेको डढेलोको आगो सल्केर कुवापानीटारका यम नारायण श्रेष्ठको गोठ जलेर नष्ट भएको हो ।
मंगलबार अपरान्ह ४ः०० बजे डढेलोबाट सल्केको आगोले श्रेष्ठको घरनजिकै रहेको गाईभैंसी गोठ, २ वटा कुखुरा फर्म, १ कम्बाईण्ड मिल, १ मिनि टिलर, १ मोटरसाइकल, परालको टौवा, अन्नपात, लत्ताकपडा, भाँडावर्तन र महत्वपूर्ण कागजात जलेर नष्ट भएको श्रेष्ठले बताउनुभयो।
आगलागीबाट करिब ११ लाख बराबरको धनमाल जलेर नष्ट भएको उहाँको भनाई छ ।आगोले उहाँको २ वटा घरमा समेत आंशिक क्षती पुगेको छ ।
प्रहरी र स्थानीयको सहयोगमा राति ९ बजे आगो नियन्त्रणमा लिइएको थियो। दिउँसोको घट्ना भएकाले आगलागीबाट मानवीय र चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ।










आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |