

धादिङ। जिल्ला अदालत धादिङले १७ वर्षीया भतिजी बलात्कार गरेको कसुरमा ३६ वर्षीय काकालाई १४ वर्ष कैद गर्ने फैसला गरेको छ।
जिल्ला न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले ०८० फागुन १६ गते कसुर कायम गरेकोमा फागुन ३० गते १४ वर्ष कैद गरी कसुरदारलाई ५ लाख ६० हजार जरिवाना गर्ने सजाय निर्धारण गरेको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिनुभयो ।
जिल्ला अदालतले गरेको फैसलामा पीडितलाई कसुरदारबाट असुल उपर गरी ५ लाख रुपियाँ क्षतिपूर्ति दिन आदेश समेत फैसलामा उल्लेख छ।
संरक्षक रहेका काकाले भतिजिलाई पटक पटक बलात्कार गरेको र पछिल्लो पटक ०८० साउन १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका दिए ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा पीडितका काकालाई साउन १३ गते पक्राउ गरी जिल्ला सरकारी वकिल कार्यालय मार्फत् ०८० भदौ ६ गते जिल्ला अदालतमा जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरेको थियो।
जिल्ला अदालतको सोही दिनको आदेशले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |