

धादिङ। बेनिघाट राेराङ गाउँपालिका-२ ताल्ती जंगलमा लागेको आगो निभाउन जाँदा एकजनाको ज्यान गएको छ।
आगो निभाउन जाँदा सोही ठाउँका संरक्षणकर्मी ४२ वर्षीय थान बहादुर थापा मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी(डिएसपी) सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो।
जंगलमा डढेलो लागेपछि उपभोक्ता संरक्षणकर्मीहरु गएका थिए।
थान बहादुर आगो निभाउन लाग्दा सोही स्थानको भालुखाेप भिरबाट लडेर मृत्यु भएको जैसवारले बताउनुभयो।
मृतककाे शवको धादिङ अस्पतालमा पोस्टमार्टम भएको छ।
अहिले धादिङका अधिकांश बनमा डढेलो लागेको छ । डिभिजन बन कार्यालयले डढेलो नियन्त्रण कार्यक्रम सञ्चालन गरिरहेको समयमा जिल्ला भर लागेको डढेलोका कारण धादिङकाे आकाश धुवाँले ढाकेको छ।
नलाङ, सलाङ, कुम्पुर, सुनाैलाबजार, कल्लेरी, मुरलीभञ्ज्याङ लगायतका विभिन्न स्थानको जंगलहरुमा दुई दिनदेखि डढेलो लागिरहेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |