

काठमाडौं । ललितपुर ईमाडोल–२ का ३३ वर्षीय धर्मराज विष्टको हत्यामा संलग्न रहेको अभियोगमा एक महिला पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका–७ घर भई ललितपुरको ललितपुर महानगरपालिका–२६ ढोलाहिटी बस्ने ४१ वर्षीया सबिता थापा (अधिकारी) भन्ने सोभिता थापा रहेको प्रहरीले जनाएको छ ।
ललितपुर महानगरपालिका–२२ शंखमुलस्थित २०६४ असार २६ गते विष्टलाई सोभिता थापाको योजनामा निजको सहोदर भाई विनोद थापा सहित तीन जनाको समुहले कुटपिट गरी सख्त घाइते बनाएकोमा उपचारको क्रममा मृत्यु भएको थियो।
घटना पश्चात फरार रहेकी सोभितालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सोमबार ललितपुर ढोलाहिटीबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत ललितपुर बुझाइएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |