

नेपाल संसारको सबैभन्दा खुसी हुने देशको ९३औँ स्थानमा रहेको छ । विश्व खुसी प्रतिवेदन, २०२४ अनुसार १४३ देशहरुमध्ये खुसी सूचाङ्कमा नेपालले ९३औँ स्थानमा रहेको हो ।
सूचीको पहिलो स्थानमा फिनल्याण्ड रहेको प्रतिवेदनमा उल्लेख छ । फिनल्याण्ड लगातार सात वर्षदेखि शीर्ष स्थानमा रहँदै आएको छ ।
त्यस्तै फिनल्याण्डपछि प्रमुख डेनमार्क, आइसल्याण्ड, स्वीडेन, इजरायल, नेदरल्याण्ड, नर्वे, लक्जमवर्ग, स्वीजरल्याण्ड र अस्ट्रेलिया रहेका छन् ।
त्यस्तै यस सूचीमा छिमेकी देश चीन ६०औं स्थानमा रहेको छ भने भारत १२६औं स्थानमा रहेको छ । त्यस्तै यस सूचीको पुछारमा अफगानिस्तान रहेको छ ।
उक्त प्रतिवेदन गलुप, अक्सफोर्ड विश्वविद्यालयको वेलबिइङ रिसर्च सेन्टर, संयुक्त राष्ट्रसङ्घ दिगो विकास सोलुसन नेटवर्क र वर्ल्ड ह्यापिनेस रिपोर्टको सम्पादक बोर्डले प्रकाशन गरेका हुन् ।
विषय खुसी प्रतिवेदन आफ्नो जीवनशैलीलाई राम्रोदेखि खराबसम्मको शून्यदेखि १० नम्बरबीच अङ्क दिने गरी प्रश्न सोधेर तयार गरिएको बताइएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |