

धादिङ। त्रिपुरासुन्दरी गाँउपालिका-२ स्थित सल्यानटार स्वास्थ्य केन्द्रमा निःशुल्क मुटु परीक्षण शिविर संचालन गरिएको छ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान जिल्ला शाखा धादिङ र त्रिपुरासुन्दरी गाउँपालिकाको आयोजनामा भएको शिविरमा ३३४ जनाले सेवा लिएका छन् ।
शिविरमा १५८ जनाको ईसिजी र ३४ जनाको ईको गरिएको छ भने बाँकीको रक्तचाप तथा सुगर परिक्षण गरि आवश्यक ओैषधि निःशुल्क वितरण गरिएको हृदयरोग निवारण प्रतिष्ठान धादिङका सभापति राजकुमार श्रेष्ठले जानकारी दिनुभयो।
शिविरमा चितवन मुटु अस्पतालका मुटु रोग विशेषज्ञ डा.शंकर लौडारीको नेतृत्वमा उपस्थित चिकित्सक टोलीले सेवा दिएका थिए।चितवन मुटु अस्पतालको प्राविधिक चिकित्सकिय सहयोग तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठान बागमति प्रदेश समिति तथा चितवन शाखाको संयोजनमा शिविर संचालन गरिएको श्रेष्ठले बताउनुभयो ।
मुटुरोग सम्वन्धी यस्ता निःशुल्क शिविर शहरी क्षेत्रमा मात्र हुने गरेकोले नेपाल हृदयरोग निवारण प्रतिष्ठान धादिङ शाखाले यस पटक ग्रामिण भेगमा संचालन गरेको हो ।
ग्रामिण भेगमा समेत मुटुरोगी अत्यधिक रुपमा रहेकोले नसर्ने रोग सम्वन्धी सचेतना वढाउनु पर्ने नेपाल हृदयरोग निवारण प्रतिष्ठानका केन्द्रिय सदस्य तथा धादिङ शाखाका सभापति श्रेष्ठले बताउनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |