

काठमाण्डौ । होली पर्व मनाउने क्रममा जथाभावी रङ्ग दल्ने तथा होहल्ला गरेको आरोपमा दुई सय ७७ जना पक्राउ परेका छन् ।
आइतबार होली खेल्ने क्रममा २६२ जना पुरुष र १५ जना महिला पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र खत्रीले जानकारी दिनुभयो ।
कानुन विपरीत काम गर्नेलाई नियन्त्रणमा लिएको र अवस्था हेरेर केहीलाई परिवारको जिम्मा लगाइने र केहीको हकमा मुद्दासमेत दायर हुने उहाँको भनाइ छ।
यसैगरी, जिल्ला प्रहरी परिसर काठमाण्डौले ६६४ वटा गाडीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
जसमध्ये चारपाङ्ग्रे छ सय ४९ तथा दुई पाङ्ग्रे १५ वटा रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।
जाँडरक्सी खाएर गाडी चलाउने तथा गाडीका कागजपत्र नबोक्ने, हेल्मेट नलगाई माेटरसाइकल, स्कुटर चलाउनेलाई कारबाही गरिएकाे प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |