

धादिङ । राजश्वछलीका गाडी र मोटरसाइकलसहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा धादिङको धुनिबेशी नगरपालिका-७ घर भई भक्तपुर सल्लाघारी बस्ने २७ वर्षीय प्रविन गिरी , काठमाडौं नागार्जुन नगरपालिका-७ रामकोट घर भई काठमाडौं कीर्तिपुर नगरपालिका-२ बस्ने २७ वर्षीय किशोर गिरी र काभ्रेपलान्चोक महाभारत गाउँपालिका-२ घर भई भक्तपुर, भक्तपुर नगरपालिका-६ बस्ने ३० वर्षीय रमेश गिरी रहेका छन् ।
गाडी तथा मोटरसाइकलहरू भन्सार छली चोरी पैठारी गरी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बुधबार उनीहरूलाई पक्राउ गरेको हो ।
साथै भक्तपुरका विभिन्न स्थानहरूमा गाडी तथा मोटरसाइकलहरू भन्सार छली चोरी पैठारी गरी भारतबाट नेपाल ल्याई ड्राईभिङ सेन्टरमा प्रयोग गरेको १ गाडी १ र २ मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
उनीहरूलाई आवश्यक कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |