

नेपालको ए टोली र आयरल्याण्डको ए टोलीबीचको मैत्रीपूर्ण दोस्रो टी–२० खेल आज हुँदैछ ।
खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो एक बजेदेखि शुरु हुनेछ । दुई टोलीबीच हिजोदेखि शुरु भएको तीन खेलको टी–२० शृङ्खला अन्तर्गत आज दोस्रो खेल हुनेछ ।
हिजो भएको पहिलो खेलमा नेपालको ए टोली २१ रनले पराजित भएको थियो । यो श्रृङ्खला जोगाउन नेपालको टोलीलाई आज जित्नैपर्ने दबाब छ ।
श्रृङखलाको तेस्रो तथा अन्तिम खेल पर्सि सोमवार हुनेछ ।
टी–२० शृङ्खलापछि यी दुई टोलीले आउने बुधवारदेखि शुरु हुने तीन खेलको एकदिवसीय शृङ्खलामा खेल्नेछन् । आयरल्यान्ड ए टोलीलाई आयरल्यान्ड उल्भ्स नाम दिइएको छ ।
यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्यान्ड उल्भ्सबीचको दुई खेलको टी–२० क्रिकेट शृङ्खला नेपालले २–० ले जितेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |