

धादिङ । खनियाबास गाउँपालिका–२ थलिमा चट्याङ लागेर दुई जना घाईते भएका छन् ।
शनिवार साँझ परेको चट्याङबाट सोही ठाँउका ५२ वर्षीय नोर्मु तामाङ र ४० वर्षीय कान्छीमाया तामाङ घाइते भएका खनियाबास वडा नं २ का वडा अध्यक्ष अरुण कुमार पाख्रिनले जानकारी दिनुभयो ।
घाइतेहरुको उपचार भइरहेको पाख्रिनले बताउनुभयो ।
चट्याङबाट सोही ठाउँका कान्छा तामाङको घरमा पूर्ण रुपमा क्षति पुगेको छ भने केन्द्रीय विद्युत् प्रसारण लाइनबाट वितरित विद्युत् लाइनमा चट्याङ परेपछि विद्युत् सेवा समेत अवरुद्ध छ ।
गाउँमा विद्युत् तार चुँडिएकाले मर्मत गर्नका लागि समेत समस्या छ ।विद्युत् तारमा परेको चट्याङबाट अन्य चार घरका मानिसलाई समेत करेन्टको झड्का लागेकाले सामान्य घाइते भएका छन् ।
थली क्षेत्रमा रहेको १० घरमा रहेको सोलार सिस्टम, डिसहोम, टेलिभिजनमा समेत क्षति पुगेको वडा अध्यक्ष पाख्रिनले बताउनुभयो ।
क्षतिको विवरण सङ्कलन भइरहेको उहाँको भनाई छ ।गतबर्ष पनि थली गाउँ क्षेत्रमा चट्याङ परेर रामसिंह तामाङको मृत्यु भएको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |