

भारतमा जारी एसएमएस फ्रेन्डसिप कपमा नेपालले बरोडालाई २७ रनले हराएको छ ।जितको लागि १५७ रनको लक्ष्य पछ्याएको बरोडाले २० ओभरमा सबै विकेट गुमाएर १२९ रन बनायो ।
बरोडाका भानु पानियाले २६ बलमा ३ छक्कासहित सर्वाधिक ३६ रन बनाए । कप्तान विष्णु सोलांकीले ३२ बलमा २ चौकासहित २५ रन बनाए । बाबा खानले १८ बलमा २ चौका र २ छक्कासहित २७ रन बनाए ।
नेपाललाई तीव्र गतिका बलर करण केसीले पहिलो ओभरमै किन्ती पटेल र शस्वात रावतलाई शून्यमा आउट गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।
सोमपाल कामीले मोहित मोंगियालाई ३ रनमा बोल्ड गर्दा ३.४ ओभरमा २१–३ को अवस्थामा पुगेको थियो । त्यसपछि अमित पासी १४ रनमा रन आउट भए । दीपेन्द्रले उत्कृष्ट रन आउट गरेका थिए ।
एक समय २२९५ को दयनीय अवस्थामा पुगेको बरोडालाई छैटौं विकेटका लागि भानु र विष्णुले ५३ रनको साझेदारी गरेका थिए। नेपालका करण केसीले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १ मेडनसहित २० रन खर्चेर २ विकेट लिए । अभिनाश बोहराले २, गुलशन झा र दीपेन्द्रसिंह ऐरी १९१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाएको थियो । नेपालको जितमा कुशल मल्लले २५ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४० रन बनाए ।
सन्दीप जोरा १६ बलमा समान २ चौका र छक्कासहित २९ रनमा रन आउट भए । एक समय १२।५ ओभरमा ८२–५ को अवस्थामा पुगेको नेपाललाई छैटौं विकेटका लागि सन्दीप र कुशलले ४७ रनको साझेदारी गर्दै मध्यम योगफलमा पुर्याएका थिए।
ओपनर आसिफ शेख र कुशल भुर्तेल ९–९ रनमा आउट भएका थिए । अनिल कुमार शाह २७ बलमा २ चौका र १ छक्कासहित २५ रनमा क्याच आउट भए । कप्तान रोहित पौडेल १३ बलमा ३ चौकासहित १८ र गुलशन झा १३ रनमा आउट भए ।
भारतबा बाबा खानले २, मोहित मोंगिया र पारीक्षित पाटीदारले १–१ विकेट लिए । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो । गुजरातले बरोडालाई ५ विकेटले हराएको थियो । अव नेपालले बुधबार गुजरात र शुक्रबार बरोडासँग खेल्नेछ । फाइनल आइतबार हुनेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |