

धादिङ । कारागार चलान भएका थुनुवा छुटाई दिन्छु भनि रकम ठगी गर्ने धादिङका एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हाल कलंकी बस्ने धादिङको सिद्धलेक गाउँपालिका वडा नं.७ का ३७ बर्षिय शिशिर कुमार भट्ट रहेको प्रहरीले जनाएको छ।
बैकिङ कसुर, बैदेशिक रोजगार जस्ता बिभिन्न मुद्धामा उच्च अदालतको आदेशले डिल्लीबजार कारागार चलान भई थुनामा रहेका कैदीहरुलाई अदालतको सेटिङ मिलाई कारागारबाट छुटाई दिन्छु भनि पिडितहरुलाई बिश्वासमा पारेर ९ लाख ८० हजार रकम ठगी गरेको आरोपमा मंगलबार माईतीघर मण्डलाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
भट्टलाई थप अनुसन्धान एवंम कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौ पठाईएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |