

आउँदो शैक्षिक सत्र २०८१ का लागि काठमाण्डौ महानगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयहरूले प्रयोग गर्ने पाठ्यपुस्तक, पोसाक तथा स्टेशनरी सामान आफ्नै विद्यालयबाट बिक्री गर्न र किन्न बाध्य बनाउन नपाउने भएका छन् ।
विद्यालयहरूलाई महानगरको शिक्षा विभागले परिपत्र गर्दै प्रचलित कानुन विपरीत नगर्न सचेत गराएको छ ।
सामुदायिक विद्यालयहरूले पाठ्यक्रम विकास केन्द्रले तयार पारेका पाठ्यपुस्तक मात्र प्रयोग गर्न पाउने र अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तक प्रयोग गर्नुपरेमा केन्द्रले अनुवाद गरेर प्रकाशन गरेका वा सूचीकृत भएका मात्र प्रयोग गर्नुपर्ने महानगरले जनाएको छ । यसबाहेकका पाठ्यपुस्तकका लागि महानगरपालिकाले भुक्तानी नगर्ने सूचनामा उल्लेख छ ।
संस्थागत विद्यालयहरूले पनि पाठ्यक्रम विकास केन्द्रले सूचीकृत गरेका पाठ्यसामग्री मात्र प्रयोग गर्न गराउनुपर्नेछ। विद्यालयहरूले यस विपरीतका काम गरेका कारबाही हुने महानगरको सूचनामा उल्लेख छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |