

धादिङ । धादिङ ज्वालामुखी गाउँपालिकाकी धाविका सन्तोषी श्रेष्ठले लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत महिला हाफ म्याराथनको उपाधि जितेकी छन् ।
श्रेष्ठले निर्धारित २१.१ किलोमिटरको दुरी १ घण्टा १८ मिनेट ४५ सेकेण्डमा पूरा गर्दै दोस्रो संस्करणको उपाधि जितेकी हुन् ।
नेपाली सेनाको पूर्णराज्यलक्ष्मी न्यौपाने १ घण्टा १९ मिनेट २१ सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो भइन् । तेस्रो भएकी एपीएफकी पुष्पा भण्डारीले १ घण्टा २५ मिनेट १४ सेकेण्डमा दुरी तय गरिन् ।
विजेता सन्तोषी श्रेष्ठले २ लाख, दोस्रो भएकी पूर्णलक्ष्मीले १ लाख ६० हजार तथा तेस्रो भएकी पुष्पाले १ लाख २० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
उपाधि जितेकी सन्तोषीले यस वर्ष जितेको यो छैटौं उपाधि हो । सन्तोषीले दुई साताअघि काठमाडौंमा भएको राइट टु प्रोटिन रनको मुख्य विधा हाफ म्याराथन उपाधि जितेकी थिइन् ।
उनले सन् २०२४ को सुरुवातमा बंगलादेशमा भएको बंगबन्धु म्याराथनमा डेब्यु गर्दै राष्ट्रिय कीर्तिमानसहित उपाधि जितेकी थिइन्। त्यसपछि उनले पोखरा म्याराथन, धरान रन र आर्मी म्याराथनमा लगातार गोल्डमेडल जितेकी थिइन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |