

धादिङ । गजुरी गाउँपालिका १ गजुरीबजारमा रहेको मुनाल एकेडेमीको २० औं अभिभावक दिवससँगै नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
एकेडेमीले आईतबार र सोमबार आफ्नो २० औं अभिभावक दिवस विविध कार्यक्रमका साथ भव्यरुपमा मनाएको हो ।
समारोहमा गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले गुणस्तरीय र जीवनोपयोगी शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्यमा जति लगानी गरेपनि त्यो लगानी खेर नजाने हुँदा लगानी वृद्धि गर्दै शैक्षिक विकास र दक्ष जनशक्ति उत्पादनका लागि नीजि विद्यालयहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

यसैगरी गाउँपालिका उपाध्यक्ष सर्मिला बिसुरालले मुनाल एकेडेमी गाउँपालिकाकै उत्कृष्ट बिद्यालय रहेको भन्दै शैक्षिक क्षेत्रमा ठुलो योगदान पु¥याएको बताउनुभयो ।

कार्यक्रमका वक्ताहरुले मुनाल एकेडेमीले शैक्षिक र सामाजिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै यस्ता गतिविधिलाई निरन्तरता दिन आग्रह गरेका थिए ।
कार्यक्रममा एकेडेमीका प्रिन्सिपल रमेश कुमार श्रेष्ठले मुनाललाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।उहाँले अभिभावक, विद्यार्थी र शिक्षकहरुको सकृयता र लगनशिलताको कारणले विद्यालयले फड्को मार्न सफल भएको बताउनुभयो ।
विद्यालय संचालक समिति अध्यक्ष शुक्ल बहादुर उप्रेतीले आगामी दिनमा विद्यालयको भौतिक पूर्वाधारदेखि लिएर शैक्षिक सुधारमा समेत विशेष ध्यान दिइने बताउनुभयो ।
कार्यक्रममा शैक्षिक सत्र २०८० मा नर्सरीदेखि कक्षा ९ सम्म कक्षागत तथा तहगत उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने विभिन्न आन्तरिक प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।

यस्तै उत्कृष्ट शिक्षक, कर्मचारीहरुलाई सम्मान तथा बिद्यालय छाडेर जान लागेका शिक्षक तथा कर्मचारीलाई बिदाई गरिएको थियो।
कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुले विविध साँस्कृतिक कार्यक्रम प्रर्दशन गरेका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |